३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

टोखामा विहानै गोली चल्यो, प्रहरीको खोजीमा रहेको तामाङ पक्राउ


प्रकाशित: सोमबार, ६ जेठ २०७६, ०९ः२० बजे
- महानगरखवर

काठमाडौं । सोमबार विहानै टोखाको गोली चलेको छ । 


प्रहरीको सर्वाधिक खोजीमा रहेको ‘काले’ भनिने विष्णु तामाङको प्रहरीको गोली प्रहारबाट घाईते भएका छन । 


वीर अस्पतालमा उपचार भईरहेको तामाङको दायाँ खुट्टामा गोली लागेको प्रहरीले सञ्चारमाध्यमहलाई जानकारी दिएको छ । 


प्रहरीका अनुसार उनी टोखामा रहेको सुचनापएपछि प्रहरीको एक टोली पक्राउ गर्न त्यहाँ पुगेको तर उनलाई नियन्त्रणमा लिने क्रममा प्रहरीलाई हतियार देखाएर आक्रमण प्रयास गरेपछि प्रहरीले गोली चलाएर नियनत्रणमा लिएको हो । यस अघि उनी विभिन्न अपराधका घट्नामा ६ बर्ष जेल बसेर बाहिर आएका थिए । 


उनले सिन्धुपाल्चोकको मेलम्चीका तामाङले पूर्वएआईजी जयबहादुर चन्द र पूर्व डिआईजी विश्वराज सिंह शाहीको घरमा समेत लुटपाट गरेका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex