३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

काठमाडौं आउँदै गरेको बस त्रिशुलीमा खस्यो, ५ जनाको मृत्यु


प्रकाशित: आईतबार, ५ जेठ २०७६, २१ः०० बजे
- महानगरखवर

काठमाडौं । झापाबाट काठमाडौं तर्फ आउँदै गरेको बस विहान धादिङको गजुरीस्थित त्रिशुलीमा खस्दा ५ जनाको मृत्यु भएको छ । 


विहान ६ बजे ना७ख ४३८७ नं को बस गजुरी नगरपालिका ६ बन्छेटार भन्ने स्थानमा दुर्घट्ना भएको थियो ।


दुर्घट्नमा परि मृतकमध्ये ४ जनाको घटनास्थलमा नै र एकको उपचारका क्रममा लैजाने क्रममा बाटैमा मृत्‍यु भएको छ भने  २९ जना घाइते भएका छन । 


प्रहरीका अनुसार मृतक मध्ये २ जना पुरुष र २ जना महिला रहेका छन । एक जनाको शव पानीमै रहेकोले पुरुष महिला छुटाउन सकिएको छैन । 


दुर्घट्नका कारण अनुसन्धानपछि थाहा हुने प्रहरीले जानकारी दिए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex