३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

धरहरा निर्माणको क्रममा छेकिएको सम्पदा मार्ग स्थानीयले हटाए (भिडियो)


प्रकाशित: शुक्रवार, ३ जेठ २०७६, २२ः०० बजे
- महानगरखवर

काठमाडौं । सुन्धरास्थित धरहरा निर्माणको क्रममा छेकिएको ऐतिहासिक सम्पदा मार्ग स्थानीय र व्यापारीहरु मिलेर शुक्रवार हटाएको छ । 


स्थानीयहरुका अनुसार लामो समयदेखि निर्माण ठेकेदारलाई सम्पदामार्ग खोल्न पटक पटक आग्रह गरिएपनि बाटो नखोलेपछि स्थानीयहरु आएर सो बाटो भत्कादिएका हुन । 


बाटो अवरोधका कारण स्थानीय नेवार समुदायले द्वादशीका दिन मरेकाहरुका नाममा दिने बत्ति (मतिया) बाटोे पनि भएको र सो माग सांस्कृति मार्ग भएकोले बाटो छेक्न नहुने स्थानीहरुको तर्क रहेको छ । 


बाटो अवरोधका कारण सुन्धाराका व्यापारीहरु पनि मार्कामा परेपछि आन्दोलित बनेको हो । 


सो क्षेत्रमा ऐतिहासिक सम्पदा मार्गहरु तत्काल खुला गर, ऐतिहासिक सुन्धारा संरक्षणको ग्यारेन्टी गर भनी व्यानहरु पनि टांगिएको थियो । 


यस अघि प्रधानमन्त्री केपी शर्माले शिलान्यास गरी आधुनिक र परम्पारगत शैलीमा २२ तले धरहरा निर्माण कार्य भईरहेको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex