३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

आर्थिक अभावमा शिक्षाबाट बञ्जित नहोसः अध्यक्ष ताम्राकार


प्रकाशित: शुक्रवार, ३ जेठ २०७६, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । ताम्राकार समाजका अध्यक्ष रविन्द्रराज ताम्राकारले आर्थिक अभावकै कारण ताम्राकार समुदायका कोही पनि शिक्षादिक्षाबाट बञ्चित हुनु नपर्ने बताएका छन । 


हालै समाजले आयोजना गरेको छात्रबृत्ति वितरण कार्यक्रममा अध्यक्ष ताम्राकारले शिक्षा जस्तो महत्वपूर्ण क्षेत्रमा समाज सधै सहयोगी हुने भनाई राख्दै छात्रबृत्तिको सही सदुपयोग हुनु पर्नेमा जोड दिएका छन । 


समाजको शिक्षा उपसमितिले समाजका जहेन्दार तथा आर्थिक समस्यामा रहेको कक्षा १ देखि स्नातक तहसम्मका पन्ध्र विद्यार्थीहरुलाई करीब दुईलाख रुपैया बराबरको आर्थिक छात्रवृत्ति प्रदान गरेका छन । 


अध्यक्ष रविन्द्रराज ताम्रकारले समाजसंग अथाहा पैसा भएर छात्रवृत्ति प्रदान गर्ने गरेको नभई प्रत्येक छात्रवृत्तिमा दाताहरुको रगत, पसिनाको कमाई रहेको बताए । 


विद्यार्थीवर्ग र अभिभावकवर्गले समाजबाट प्रदान गरीदैं आइरहेको छात्रवृत्तिको उचित सदूपयोग गर्न सकेमात्र समाजका यस्ता कार्यक्रमको उचित मूल्याङकन हुने आफ्नो भनाई राखे । 


अहिले दुई विद्यार्थीहरुका लागी पूर्ण छात्रवृत्ति प्रदान गरिएपनि आगामी बर्षहरुमा सो संख्या बढाउने उप समितिका संयोजक प्रवल ताम्रकारले जानकारी दिए । 


ताम्रकार समाज भवन जावलाखेलमा आयोजित यस कार्यक्रममा सहसंयोजक अमिता ताम्रकारले समाजका उदारमन भएका दाताहरुका कारण छात्रवृत्ति लगायतका कार्यक्रमहरु गर्न सक्षम भएको बताए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex