३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

पश्चिमी पर्साको ठोरी नाका तनावग्रस्त, नेपाली कुटिए


प्रकाशित: शुक्रवार, ३ जेठ २०७६, ११ः२० बजे
- महानगरखवर

काठमाडौं । नेपालीलाई भारतीय पक्षले लखेटी लखेटी कुटिएको खवर सार्वजनिक भएपछि शुक्रवार पश्चिमी पर्साको ठोरी नाका तनावग्रस्त भएको राससमा समाचार छ । 


ठोरी नाकासँग जोडिएको भारतको भिखना ठोरी बजारमा किनमेल गर्न गएका नेपालीलाई भारतीयले बिहीबार लखेटी–लखेटी कुटपिट कुटेका थिए । 


कुटपिटबाट पाँच जना नेपाली घाईते भएको स्थानीय प्रहरी प्रशासनले जनाएको छ । 


केही भारतीय बिहीबार ठोरीमा रहेको झोलुङ्गे पुल हेर्न आउँदा बाटो बिराउँदा त्यहाँ रहेका भिखना ठोरीकै ३३ वर्षीय रवि साहलाई सोध्दा उनले गलत बाटो देखाएका थिए, तर ठोरीकै एक वृद्ध महिलाले सही तथा नजिकको बाटो देखाएको विषयलाई लिएर हाटबजार गर्न भारतको भिखना ठोरी बजार गएको मौका छोपी ठोरीबासीलाई कुटपिट गरेको हो । 


सो विषयलाई लिएर किनमेल गर्न गएका नेपालीलाई भारतीयले महिला पुरुष जसलाई देख्यो त्यसलाई नै बाँसको चिर्पटले कुटपिट गरेको बुझिएको छ । 


भारतीय पक्षको कुटाइबाट ठोरी गाउँपालिका–२ का विष्णु विष्ट, सुन्दरबस्तीका ५३ वर्षीय कमल खवास, इच्छा नगरकी २१ वर्षीया सदीक्षा पन्त, १२ वर्षीया सुष्मा पन्तलगायत पाँच घाइते भएका छन । 


घट्नाविषय छानविन भएकोले दोषीलाई कर्वाही गर्ने प्रहरीले बताएका छन । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex