काठमाडौं । सिन्धुपाल्चोकको मेलम्चीका एक विद्यालयकी प्रधानाध्यापक विद्यार्थीको घरमा सुन चाँदी चोरी गरेको आरोपमा पक्राउ परेका छन ।
मेलम्ची नगरपालिका–११ खानीगाउँस्थित श्री भैरवीदेवी आधारभूत विद्यालयकी प्रधानाध्यापक कमला जोशीले स्थानीय माया घलेको घरबाट दुई तोलाभन्दा बढि सुन र नगद तीन हजार रुपियाँ चोरी गरेको प्रहरीले जनाएको छ ।
मादक पदार्थ सेवन दिउँसोको सयममा स्थानीय घलेको घरमा पसेर दराजमा भएको सुन चोरेको पीडित घलेले प्रहरीलाई बयान दिएकी छिन ।
चोरी गरेर लगाएको सुनको औठी मायाले देखेपछि चोरीको रहस्य खोलेको थियो ।
जोशीलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यलय मेलम्चीमा राखिएको प्रहरी निरीक्षक महेन्द्र दर्नालले बताए ।
Categorized in समाज