१५ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

मदन–आश्रितको हत्यारा खोजी प्रक्रिया सुरुः गृहमन्त्री थापा


प्रकाशित: शुक्रवार, ३ जेठ २०७६, १०ः०० बजे
- महानगरखवर

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले जननेता मदन भण्डारी र जीवराज आश्रितको हत्यारा खोजी प्रक्रिया सुरु गरेको बताएका छन । 


२६ औं मदन–आश्रित दिवशको अवसरमा शुक्रवार कोटेश्वरमा आयोजित कार्यक्रममा गृहमन्त्री थापाले हत्यारा पत्ता लगाउन प्रक्रिया सुरु गरेकोले हत्यारा चाँडै पत्ता लगाउने बताए । 


उनले हत्या छानविन कहिले र कसरी गर्ने भन्ने विषयमा उनले नखुलाएपनि २६ बर्ष अघिको दासढुंगा हत्या झनै रहस्यमय बन्दै गएको छ । 


तत्कालीन एमाले महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको ०५० जेठ ३ गते चितवनको दास ढुंगामा जीप दुर्घटनामा परी निधन भएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex