१२ भाद्र २०८३, शुक्रबार
Header

मदन–आश्रितलाई सम्झने दिन


प्रकाशित: शुक्रवार, ३ जेठ २०७६, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । तत्कालिन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवनराज आश्रित स्मृति दिवश विभन्न कार्यक्रम गरी मनाईदै छ । 


२०५० जेठ ३ गते चितवनको दासढुंगास्थित जुप दुर्घट्नामा परि उनीहरुको मृत्यु भएको थियो । सोही दिनलाई मदन–आश्रित दिवशको रुपमा मनाईने गरिन्छ । 


एमालेको नेतृत्व सम्हालेका त्यसबेलाका चर्चित नेता भण्डारीकै कारण देशभर एमालेको लहर बनेको थियो । एमालेको जनताको बहुदलिय जनवाद (जवज) को सिद्धान्त उनलेनै प्रतिपादन गरेका थिए । 


तर दुर्घट्ना भएको २६ बर्षपछि पनि उनको मृत्यु रहस्यमयनै बनेको छ । दुर्घट्नाका एक मात्र साक्षी जीप चालक अमर लामाको हत्यापछि सो दुर्घट्ना झनै रहस्यमय बनेको छ । 


मदन–आश्रितको रहस्य मृत्युको बारेमा अनेकन चर्चा र बहस भएपनि यसको सत्य तथ्य भने कुनै पनि सरकारले ल्याउन सकेको छ । 


वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी नेता भण्डारीको धर्मपत्नी र उनका समकानिल नेता प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सरकारको नेतृत्व गरिरहेको छन । 


यस दुर्घट्नाको रहस्यको सत्य–तथ्य कहिले र कुन सरकारले उजार गर्ला यो पनि अब रहस्यनै हुने देखिएको जानकारहरुको भनाई छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex