२३ आषाढ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

तौल घटाउन चाहने महिलाहरुले बिहान अलि छिटो भोजन गर्नुपर्ने


प्रकाशित: आईतबार, ६ जेठ २०७५,१०ः०५ बजे
- बिजयकृष्ण श्रेष्ठ

एउटा कथन छ– बिहानको खाना राजाले जस्तो खानुु्स्, दिउँसोको भोजन राजकुमारको जस्तो खानुस् र बेलुका माग्नेको जस्तो भोजन खानुस् । यो सत्य जस्तो देखिन्छ । धेरै जसो वैज्ञानिकको यो भनाइ छ कि बिहान बढी क्यालोरीयुक्त खाना खानाले र समयभन्दा अलि छिटो भोजन गर्नाले स्वास्थ्यमा फाइदा हुनसक्छ । आफ्नो तौल घटाउन चाहने महिलाहरुले बिहान अलि छिटो भोजन गर्नाले फाइदा पुग्न सक्ने कुरा एक अनुसन्धानबाट पत्ता लागेको छ । त्यसै गरी अर्को एक अनुसन्धान अनुसार ढीलो गरी ब्रेकफास्ट लिँदा पनि बडी मास इन्डेक्स (बिएमआई) बढ्न जान्छ ।

 
अब वैज्ञानिकहरु यसको कारण पत्ता लगाउन र बडी क्लक अर्थात् शरीरको घडी र भोजनबीचको सम्बन्ध पत्ता लगाउन जुटेका छन् । 


धेरैलाई लाग्छ कि शरीरको घडी वा हामीभित्रको जैविक घडीले हामीलाई सुत्ने समयको बारे मात्र याद दिलाउँछ । यस्तो होइन । वास्तवमा हामीभित्रको जैविक घडीले हाम्रो उठ्ने समय, रक्तचाप नियमित  गर्ने, हाम्रो शरीरको तापमान र हार्मोनहरु नियमित गर्ने काम पनि गर्दछ ।

 
अब विशेषज्ञहरु यो कुरा पत्ता लगाउन कोसिसमा जुटेका छन् कि बेला न कुबेला खाना खाने वा राती अबेर खाना खाने गर्ना हाम्रो शरीर भित्रको आन्तरिक चक्रमा के कस्तो असर गर्दछ ।

 
किंग्स कलेज लन्डनमा पोषणसम्बन्धी अतिथि प्राध्यापक डा. गेरडा पट भन्दछन् – “हाम्रो शरीरको एक जैविक घडी छ, जसले शरीरको सबै उपापचयी (मेटाबोलिक) क्रियाहरु कहिले कहिले हुनुपर्छ भन्ने निर्धारण गर्दछ । राती शरीरलाई पनि सुत्नका लागि तयार हुनुपर्छ, त्यसैले राती भारी खाना खानु ठीक होइन ।”


सरे विश्वविद्यालयमा क्रोनोबायलोजी र इन्टिग्रेटेड फिजियोलोजीका जोनाथन जोन्स्टन भन्छन्– “राती पाचन प्रक्रिया त्यति सक्रिय हुँदैन, तर यो किन हुन्छ भन्ने कुरा ठोस रुपमा भन्न सकिएको छैन ।”


“अहिलेसम्म मोटोपना घटाउनका लागि धेरैले यो खाने वा यो नखाने जस्तो कुरा गर्छन् । तर त्यसमा वास्ता नगरी खाली खाने समयमा परिवर्तन ल्याउने हो भने पनि परिवर्तन हुनसक्छ ।” – उनको भनाइ छ । जो मान्छेहरु शिफ्टमा काम गर्छन्, तिनीहरुको बडी क्लकमा गडबडी उत्पन्न भएको पाइएको छ । बडी क्लक गडबडी हुँदा स्वास्थ्यमा गम्भीर असर पर्दछ ।

 
त्यसो भए हामी कुन समय खाना खानुपर्छ त? यो कुरा बिहान उठ्ने र सुत्ने समय मानिसहरुको फरक फरक हुनाले यसै भन्न सकिँदैन । यो अहिले अनुुसन्धानकै कुरा बनेको छ । तर  अहिलेलाई यति भन्न सकिन्छ कि लन्च वा दिनको खाना चाहिँ केही भारी हुन जरुरी छ र राती अबेर खाना नखाई समयमै थोरै भोजन गर्न उपयुक्त हुन्छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex