काठमाडौं । बौद्ध–जोरपाटी सडक कालोपत्र नगरी ठेकेदारले अलपत्र छाडेको भन्दै स्थानीय आन्दोलनमा उत्रेपछि सडक कालोपत्र हुन थालेको छ ।
स्थानीयको निगरानीमा कालोपत्र सुरु भएको हो । चार वर्षभन्दा लामो समयदेखि अलपत्र परेको चाबहिल साँखु सडक निर्माण अब पुरा हुने स्थानीय यतिखेर ढुक्क देखिएको छ ।
अहिले टुसालदेखि बौद्ध गेट खण्ड र नारायणटारदेखि वाग्मती पुल खण्डमा यतिखेर कालोपत्र गर्ने काम अघि बढेको छ ।
केही दिन अघि स्थानीयवासी र व्यवसायीहरु सडक कालोपत्र गर्न दवाव दिन सडकमा उत्रेपछि प्रहरी र उनीहरुविच झडाप समेत भएपछि लगत्तै निर्माण कम्पनी र स्थानीयविच कोलोपत्र गर्न सहमित बनेको थियो ।
सोही सहमति अनुसार कालोपत्र सुरु भएको स्थानयीहरुले बताए ।
Categorized in समाज