३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

मन्त्री यादवका स्वकीय सचिव प्रेम आचार्यमाथि हातपात


प्रकाशित: बुधवार, १ जेठ २०७६, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवका स्वकीय सचिव प्रेम आचार्यमाथि हातपात भएको छ । 


बुधवार दिउँसो मन्त्रालयमा मन्त्री यादवकै अगाडी हातपात भएको थियो । 


नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन संघका नेता सुरेन्द्र भण्डारीका नेतृत्वमा गएको एक टोलीविच र स्वकीय सचिव आचार्यविच विवाद भएपछि हात हालाहाल भएको थियो । 


युनियनका कार्यकर्ताले मन्त्रालयका उपसचिव  शोभाकर रेग्मीलाई उद्योग विभागमा सरूवा नगरी पैसा खाएर अर्का उपसचिव विनोद खड्कालाई सरूवा गरेको आरोप लगाएका थिए ।


मन्त्री यादवले कर्मचारीको सरुवा मन्त्रालयको प्रशासनिक अधिकार भएको बताउँदै घुस खाएको प्रमाण ल्याउन युनियनका कार्यकतालाई भनेका थिए । 


विवाद भएपछि मन्त्रालयमा प्रहरी समेत आएका थिए ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex