काठमाडौं । आछामको मङ्गलसैन नगरपालिकाको गाडीमा अज्ञात समूहले गए राती आगजनी गरेको छ ।
प्रहरीका अनुसार नगरपालिकाको पार्किङ गरि राखेको बा२ झ ३६९४ नंको गाडीमा गए राति २ः१५ बजे आगजनी गरिएको हो ।
आगजानीबाट गाडी पूर्ण रुपमा ध्वस्त भएको प्रहरीले बताएको छ । नगरपालिकाले सो गाडी रु एक करोड २० लाखमा खरीद गरेको थियो । प्रहरी आगजानी गर्ने समूहलाई तिव्र रुपमा खोजी कार्य अघि बढाएको प्रहरीको भनाई छ ।
सो गाडी नगरप्रमुख पदमबहादुर बोहराले प्रयोग गर्दै आईरहेको थियो ।
Categorized in समाज