३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

ब्लोदन काठमाडौं जिल्लाको नेतृत्वमा ठाकुर दास श्रेष्ठ


प्रकाशित: मंगलवार, ३१ बैशाख २०७६, २१ः०० बजे
- महानगरखवर

काठमाडौं । ब्लड डोनर्स एशोसिएशन नेपाल काठमाडौं जिल्लाको अध्यक्षमा ठाकुर दास श्रेष्ठ निर्वाचित भएको छ । 


शनिवार काठमाडौंको नेपाः ब्याँक्टेमा आयोजित चौथो जिल्ला अधिवेशनबाट अध्यक्ष श्रेष्ठको अध्यक्षतमा १३ जनाको जिल्ला कार्यसमिति चयन भएको सचिव अनिलरत्न तुलाधरले जानकारी दिए । 


समितिका उपाध्यक्षमा उपाध्यक्षमा जनककुमार खड्का, सचिवमा अनिलरत्न तुलाधर र कोषाध्यषमा कैलाश गोयल र सह सचिवमा श्यामकृष्ण श्रेष्ठ चयन भएका छन । 


त्यसैगरी सदस्यहरुमा सरस्वती गौतम, बिजय महर्जन,अतिश श्रेष्ठट लगायत रहेका छन । 


ब्लोदानका केन्द्रिय अध्यक्ष ई. सानुबाबु प्रजापतिले रक्तदानका बिषयमा समाजमा जनचेतना बढाउन बलोदानकर्मीहर सक्रिय हुनुपर्नेमा जोड दिएका थिए । 


सचिव तुलाधरका अनुसार गत बर्ष काठमाण्डौ ब्लोदानले आयोजित बिभिन्न रक्तदान कार्यक्रमहरुबाट ६०० पिण्ट रगत संकलन गरेको जानरकाी दिए । 


उनले काठमाण्डौमा दैीनक ४०० पिण्ट रगतको खाँचो छ र २५० पिण्ट मात्रै संकलन हुने भएकोले यस ग्यापलाई पूर्ति गर्न आवश्यक रहेको सचिव तुलाधरको भनाई छ । 


उनले तुरुन्तै रगतको आवश्यकता भएका मानिसहरुले ९८५१०२६६४० मा सम्पर्क गरेमा ब्लोदानले रगत उपलब्ध गराउन सक्ने जानकारी पनि दिए । ब्लोदानले अन्य रक्त सम्वन्धि संघ संस्थाहरुसँग मिलेर काम गरिरहेको पनि बताएका थिए । 


यस अघि ब्लोदानले उपत्यका लगायत विभिन्न सम्पाद स्थलमा रक्तदान अभियान चलाएको सविच तुलाधारले बताए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex