काठमाडौं । काठमाडौं महानगरपालिकालाई बंगलादेशका महानगरहरुसँग भागिनी सम्बन्ध स्थापना गर्न प्रस्ताव गरिएको छ ।
नेपालका लागि बंगालादेशकी राजदूत मासफि बिन्तेले महानगर प्रमुख विद्यासुन्दर शाक्यलाई मंगलार शिष्टाचार भेटमा सो प्रस्ताव गरेको हो ।
बंगालादेशको राजधानी ढाकाका ठूला महानगरहरु उत्तर ढाका नगर निगम र दक्षिण ढाका नगर निगमसँग महानगरको भगिनी सम्बन्ध स्थापना लागि राजदूत विन्तेले प्रस्ताव गरेको हो ।
नेपाल र बंगालादेशबीच ८ अप्रिल १९७२ मा स्थापना भएको कुटनीतिक सम्बन्ध नागरिक तहमा पुगोस भन्ने बंगालादेशको चाहाना भएको राजदूत विन्तेले बताए ।
राजदूतको प्रस्तावलाई मेयर शाक्ले संघीय सरकारसँग छलफल गरेर जवाफ दिने बताएका छन ।
बंगालादेश सार्क सदस्य राष्ट्र हो । १७ करोड जनसंख्या रहेको यस देशमा ३२७ वटा नगर निगम छन । यीमध्ये सबैभन्दा ठूलो उत्तर ढाका नगर निगम हो ।
Categorized in समाज