३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

वनमा लागेको आगो निभाउँदा ३ जनाको मृत्यु


प्रकाशित: मंगलवार, ३१ बैशाख २०७६, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । सल्यानको विभिन्न सामुदायिक बनमा भिषण आगलागी भएको प्रहरीले जनाएको छ । 


आगो निभाउने क्रममा ३ जनाको मृत्यु भएको प्रहरीले बताएको छ । 


प्रहरीका अनुसार मृत्यु हुनेमा छत्रेश्वरी गाउँपालिक–६ सिमपानीका ५५ वर्षीया पुन्टी बोहरा र शारदा नगरपालिका–९ दुवेरीका ६० वर्षीय गोवर्धन पुनको मृत्यु भएको छ । 


त्यसैगरी आगलागीमा गम्भीर घाइते भएका छत्रेश्वरी–६ सिमपानीका ४० वर्षीय खगेन्द्र बोहराको उपचारका क्रममा काठमाडौँमा मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ । 


आगलागीबाट अहिलेसम्म छत्रेश्वरी–७ मा अन्नपात लत्ता कपडासहित आठ घर, कालीमाटी गाउँपालिका–१ मा चार घर जलेर नष्ट भएका छन ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex