काठमाडौं । असन कोथुननि बचाउ अभियान समितिद्धारा असनमा आयोजित बृहत सभामा विभिन्न राजनीतिक दलका नेता तथा जनप्रनिधिहरुले एक जुट भएका छन ।
असनको कोथुननि चोकस्थित घडी घर भत्काएर व्यापारिक कम्पलेक्स बनाउने गुठी संस्थानको निर्णय विरुद्ध आयोजित विरोध सभामा नेताहरुले सम्पदा बचाउन सबै एक जुट हुनु पर्ने बताएका छन ।
सो विरोधसभाका प्रमुख बक्ता नेपाली कांग्रेसका सांसद तथा पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले उपत्यकामा बढ्दो सम्पदा अतिक्रमणविरुद्ध कडा संघर्ष आवश्यक रहेको बताउँदै सम्पदा बचाउन सरकारको यस किसिमको निर्णय विरुद्ध सघर्षमा उत्रिनुको विकल्प नरहेको भनाई राखे ।
उनले केही समय अघि खुलामञ्च अतिक्रमण विरुद्ध जनता सडकमा स्वर्तफूर्त रुपमा उत्रेपछि प्रधानमन्त्री स्वयंमको निर्देशनमा खुलामञ्चमा ठेकेदारले बनाएको गैरकानुनी सटर भत्काईएका उदाहरण प्रस्तुत गर्दै आवश्यक कडा सडक संघर्ष गर्नु पछि पर्नु हुँदैन ।
त्यसैगरी सभालाई सम्बोधन गर्दे पूर्वमन्त्री हिसिला यमीले असनको सम्पदा मास्ने दुस्हास कसैले गरे जनताले प्रतिकार गर्ने बताउँदै ईटालीको उदाहरण प्रस्तुत गरेका थिए ।
उनले भने , ‘इटालीमा त्यहाँको सरकारले पुरानो सम्भयताको सम्पदा बचाउन ठुलो महिनेत गर्दछन, कुनै पनि सम्पदालाई नास हुन दिँदैन तर यहाँको सरकार भएको सम्पदालाई मासेर व्यापारिक कम्पलेक्स बनाउने अभियानमा लागेको छ ।’
काठमाडौं क्षेत्र नं. ७ का सभासद रामबीर मानन्धरले सम्पदा सधै जिवन्त रहनु राख्नु हामी सबैको साझा कर्तव्य भएकोले सम्पदाको रेखदेखमा राज्य जिम्मेवार हुनु पर्नेमा जोड दिएका थिए ।
त्यसैरी नेवाः राजनीतिक अभियानका अभियान्ता डा. महेशमान श्रेष्ठ, गुठी संस्थानका पूर्व अध्यक्ष पञ्चलाल महर्जन, २५ वडाका अध्यक्ष निलकाजी शाक्य लगायतका वक्तहरुले असन कोथुननि भत्काउने गुठी संस्थानको निर्णय विरुद्ध सम्पाद प्रेमी, जनसमुदायले कडा जवाफ दिने विचार व्यक्त गरेका थिए ।
समितिको संयोजक नमस्ते सायमीले विरोधसभा नेताहरुले देखाएको एक्येबद्धता प्रति हार्दिक कृतज्ञता प्रकट गर्दै गुठी संस्थानको निर्णयको प्रतिकार गर्न जनस्तरबाट संघर्ष हुने बताए ।
उनका अनुसार आईतबार गुठी संस्थानमा सभासद भिमसेनदास प्रधानको नेतृत्वमा डेलिगेसन समेत जाने जानकारी दिएका छन ।
नेवाः जागरण मञ्चका अध्यक्ष सुजिब बज्राचार्यले सञ्चालन गरेको सो सभालाई सम्पदा अभियान्ता गणपति लाल श्रेष्ठ, समितिका सदस्य उमेश स्थापित, सजिब बज्राचार्यले सम्बोधन गरेका थिए भने विरोधसभामा स्थानीय, सम्पदाप्रेमी, सर्वसाधरण, विभिन्न संघ, संस्थाहरुको उल्लेखनिय उपस्थिीति रहेको थियो ।
Categorized in समाज