३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

काठमाडौं महनगरको फोटो प्रदर्शनी सुरु, बिजेताले ५० हजार पाउने


प्रकाशित: शुक्रवार, २७ बैशाख २०७६, १३ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरले सडक सुरक्षासँग सम्बन्धीत फोटो प्रदर्शनी शुक्रवारबाट सुरु गरेको छ । 


शान्तिवाटिकमा शुक्रवारबाट सुरु भएको प्रदर्शनी आईतबारसम्म चल्ने महानगरपलिकाले जनाएको छ । प्रदर्शनीमा महानगरले संकलन गरेको २०२ वटा तस्वीर मध्ये ५० वटा फोटो प्रदर्शनीमा राखेको छ । 


महानगर प्रमुख विद्यासुन्दर शाक्यले फोटो प्रदर्शनीको उद्घाटन गर्दै सडक दुर्घटना, नियमको पालना र नागरिक सचेतनाका लागि यी तस्बीर प्रदर्शनमा राखिएको बताएका छन । 


प्रदर्शनीमा बिजेता तस्वीरलाई ५० हजार नगदसहित पुरस्कृत गरिने कामपाले जनाएको छ ।


कार्यक्रममा ट्राफिक प्रहरी उपरीक्षक जयराज सापकोटाले महानगरको नेतृत्वमा ट्राफिक व्यवस्थापन र सडक सुरक्षामा काम छिटो र सकारात्मक परिणाम आउने आशा व्यक्त गरेका थियो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex