८ भाद्र २०८३, सोमबार
Header

कलाकार संघको चुनावमा सरिता लामिछानेले चुनाव लड्न पाउने कि नपाउने ? 


प्रकाशित: विहिवार, २६ बैशाख २०७६, २१ः०० बजे
- महानगरखवर

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको निर्वाचन जेठ २५ गते हुने भएको छ । 


यस अघि चैत्र २३ गते निर्वाचन गर्ने भने पनि कलाकार एक समुहले संघमा आर्थिक अनियमिता तथा सदस्यता वितरणमा धाँधली भएको आरोप लगाउँदै चुनाव स्थगन गराएका थिए । 


उनीहरुले जिल्ला प्रशासन कार्यलयमा दिएको उजुरीको आधारमा प्रशासन कार्यलयले निर्वाचन स्थगन गर्न आदेश दिएपछि वरिष्ठ चलचित्रकर्मी नीर शाहको संयोजक्त्वमा अनियमिता तथा सदस्यता छानविन गर्न तदर्थ समिति गठन गरेको थियो । 


सो समितिले ३ महिनाभित्र विवाद टुंगो लगाएर निर्वाचन गराउन प्रशासनले आदेश गरेको थियो । 


कलाकार सरिता लामिछानेको सदस्यतामा देखिएको विवाद समेतको टुंगो लगाउने आदेश दिए अनुसार तदर्थ समितिको बैशाख १५ गतेको बैठकले   लामिछाने लगायतका सदस्यता र नविकरणको हकमा उनीहरुले सदस्यता प्राप्त गर्दाको समय लागु रहेको विधान बमोजिम नै भएको ठहर गरेपछि समस्याको निरुपण भएको छ । 


विवाद निरुपण भईसकेको ले अबको निर्वाचनमा अभिनेत्री सरिता लामिछानेले पनि चुनावमा उम्मेदवारी दिन सक्ने भएको कुरा पनि सोही सदस्यले बताएका छन भने स्वयं उनले भने औपचारिक रुपमा केही जानकारी दिएकी छैनन ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex