३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

महानगरले अमेरिकाको बोल्डर नगरसँग भगिनी सम्बन्ध स्थापित गर्ने


प्रकाशित: विहिवार, २६ बैशाख २०७६, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाको ३२ कार्यपालिका बैठकले अमेरिकाको कोलोराडो राज्यमा रहेको बोल्डर नगरसँग भगिनी सम्बन्ध स्थापना गर्न निर्णय गरेको छ । 


बैठकले ब्रुमर खरिद प्रक्रिया अगाडि बढाउने, सार्वजनिक शौचालय र यात्रु प्रतिक्षालय निर्माण लगायतका नगरको आवश्यक कामहरु अघि बढाउने भएको छ । 


महानगर प्रमुख बिद्यासुन्दर शाक्यले फोहोर व्यवस्थापनका लागि बिक्री हुने कम्पोष्ट बिनमा ७० प्रतिशत अनुदान दिएर बिक्री गर्ने, मानव सेवा आश्रमलाई सडकमा रहेका असहायको व्यवस्थापनमा प्रयोग गर्ने गरी सवारी साधन खरिद गर्न सहयोग गर्ने निर्णय गरेको छ । 


सार्वजनिक शौचालय र यात्रु प्रतिक्षालय निर्माण, सञ्चालन तथा व्यवस्थापनका लागि गठित अधिकार सम्पन्न समितिकी संयोजक तथा उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीले अहिलेसम्म सम्पन्न गरेका कामको प्रतिबेदन र सार्वजनिक शौचालय मापदण्डको मस्यौदा प्रमुख शाक्यलाई बुझाएको थियो । 


बैठकमा महनगर प्रवक्ता एवम् १५ वडा अध्यक्ष ईश्वरमान डंगोल, यात्रु प्रतिक्षालय कार्यदलका संयोजक न्हुच्छेकाजी महर्जनले अहिले सम्म भएका प्रगती विवरणहरु पेश गरेका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex