१४ भाद्र २०८३, आइतबार
Header

सडकविस्तार पीडितमाथि प्रहरी दमन


काठमाडौं । सडक विस्तारको विरोधमा आज विहानैदेखि माईतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका स्थानीय उपत्यकाबासीमाथि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास हानेको छ ।
प्रहरी दमनपछि भागदौडको क्रममा नेवाः अनलाईन न्यूजका संरक्षक तथा बरिष्ठ सिने पत्रकार बिजयरत्न असंवरे, नेवाः कलाकार रुपेन श्रेष्ठ, कालिमाटीका राजु मानन्धर, सडकविस्तार पीडित संघर्ष समिति सदस्य बिद्या श्रेष्ठलाई चोटपटक लागेको छ भने चर्चित गायक पवित्र कसाः, गणपतिलाल श्रेष्ठ लगायत दर्जनौ गिरफ्तार भएका छन् । पक्राउ परेकाहरूलाई महानगरीय प्रहरी वृत्त, बानेश्वरमा राखिएको छ ।
काठमाडौं उपत्यकामा सडक विस्तार, फास्टट्रयाक, बाहिरी चक्रपथ निर्माण पीडितहरु प्रदर्शन गरेका थिए । माइतीघर मण्डलाबाट सुरु भएको प्रर्दशन नयाँ बानेश्वरसम्म आएको थियो । 
सडक विस्तारका नाममा ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको पहिचानमा क्षति पुरयाउनु नहुने समेत उनीहरुको माग छ ।
सो धर्ना कार्यक्रममा नेवाः युथ अर्गानाईजेशन, नेवाः संघ, नेवाः राजनीतिक अभियान, फास्ट टÇयाक पीडित, सेभ नेपाः भ्याली र नेपाल सांस्कृतिक पुनः जागरण अभियानको सहभागिता रहको थियो । 

प्रकाशित मिति ः २०७४ चैत्र १४ गते ०७ः०२ बजे
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex