३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

उद्घोषण तथा वक्तृत्व विकास तालिमबाट महिलाहरु लाभान्वित


प्रकाशित: मंगलवार, २४ बैशाख २०७६, १०ः०० बजे
- महानगरखवर

काठमाडौं । ललितपुर महानगरपालिका, समाज कल्याण महाशाखाले विभिन्न महिला समूहहरुका लागि आयोजना गरेको एक हप्ते उद्घोषण तथा वक्तृत्व विकास तालिमबाट २३ जना महिलारु लाभान्वित भएका छन । 


महिला समूहका पदाधिकारीहरुलाई मन्तब्य राख्न तथा कार्यक्रम निर्माण र संचालन गर्न सहज होस् भन्ने उद्देश्यले महाशाखाले उक्त तालिम आयोजना गरेको हो । तालिम २०७६ वैशाख १६ गते सोमबारबाट तालिम शुरु भएको हो । 


संचारकर्मी, कार्यक्रम निर्माता तथा संचालक सुरजवीर बज्राचार्यले प्रशिक्षण दिएको उक्त तालिममा २३ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो ।


महाशाखाका प्रमुख बाबुराजा महर्जनको सभापतित्वमा आयोजित समापन समारोहका प्रमुख अतिथि सामाजिक विकास समितिका सदस्य तथा ललितपुर महानगरपालिका वडा नं. ५ का अध्यक्ष विकासमान श्रेष्ठले सहभागीले एडभान्स कोर्सका लागि गरेको माग पूर्तिका लागि पहल गर्ने प्रतिवद्धता ब्यक्त गरे । 


प्रमाण पत्र वितरण गर्दै उनले १ हप्ते तालिमबाट प्राप्त उपलब्धिप्रति खुशी ब्यक्त गरे । कार्यक्रममा विशेष अतिथिका रुपमा महिला विकास कार्यक्रम अधिकृत ज्ञानीशोभा महर्जन उपस्थित थिए । प्रशिक्षार्थी समूहको तर्फबाट समूहकी ज्येष्ठ महिला लक्ष्मी ब्यञ्जनकारले आयोजक महाशाखा तथा प्रशिक्षक बज्राचार्यलाई उपहार सहित सम्मान गरे । 


तालिममा सहभागी नारी जागृति समूह संस्थाकी विष्णुमाया थापाले स्वागत मन्तब्य राखेको समारोहमा धन्यवाद ज्ञापन तालिमकै सहभागी हाम्रो कुसुन्ती महिला समूहकी उर्मिला सुवेदीले गरे । कार्यक्रममा तालिमको अनुभव सुनाउने क्रममा प्रशिक्षार्थीहरुले तालिमबाट प्राप्त ज्ञानबाट आफूहरु उत्साहित भएको बताए । 


अझ बढी ज्ञान र अभ्यास गर्न चाहेको उल्लेख गर्दै एडभान्स कोर्सको आयोजना गरी सहभागी गराउन आग्रह गरे । शान्तिविहार महिला समूहकी संगीता तण्डुकारले संचालन गरेको समापन समारोहमा रत्नाकर उद्यमी महिला समूहकी सहिना बज्राचार्य, दिब्यनगर महिला समूहकी मथुरा सापकोटा डोटेल, देवनगर महिला समूहकी गोमा खरेलले आफ्नो अनुभव मन्तब्य राखेका थिए । 


तालिममा सानेपा हाइट महिला समूह, शान्तिविहार महिला समूह, दिब्यनगर महिला समूह, रत्नाकार उद्यमी महिला समूह, नारी जागृत्ति महिला समूह, दिदीबहिनी हात्तेमालो महिला समूह, कुसुन्ती महिला समूह, शंखमूल महिला समूह, देवनगर महिला समूह, पञ्चेश्वर महिला समूह लगायत समूहबाट पदाधिकारीहरुको सहभागिता रहेको हो ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex