७ भाद्र २०८३, आइतबार
Header

खेलकुद विकासको लागि महानगरको सहयोगः प्रमुख शाक्य


प्रकाशित: मंगलवार, २४ बैशाख २०७६, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले खेलकुद विकासको निम्ती महानगरले न्यूनतम सहयोग गरेको बताएको छ ।


खेलकुद विकासका लागि खेलकुद मन्त्रालयल भएपनि खेलको लागि धेरै ठुलो बजेटकको महशुस महानगरले गरेकोले स्थानीय स्तरमा खेलकुद क्षेत्रमा महानगरको यो प्रयास भएको प्रमुख शाक्यको भनाई छ । 


सोमबार राष्ट्रिय खेलकुदमा योगदान पु¥याएवापत् काठमाडौं महानगरले काठमाडौंभित्रका ६ वटा ए डिभिजन फुटबल क्ललाई राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा सम्मान तथा सहयोग प्रदान गरेको थियो । 


सम्मान पाउने क्लबहरुमा मनाङ्ग मस्याङ्गदी, शंकटा क्लब (यसबियससि), हिमालयन शेर्पा, सरस्वती युवा, मछिन्द्र युथ र काठमाडौं खेल मण्डल (एनआरटि) छन् ।


सोही अवसरमा काठमाडौंका बि डिभिजन फुटबल क्लबलाई प्रति क्लव ३ लाख रुपैयाँ अनुदान प्रदान गरेको छ ।  


ब्वाइज यूनियन, अन्नपूर्ण (आरसिटि), टुसाल युवा, बाँसबारी र श्री कुमारी गरी ५ वटा बि डिभिजन फुटबल क्लवले सो आर्थिक सहयोग प्राप्त गरेका छन । 


त्सैगरी ७ वटा सि डिभिजन फुटबल क्लवलाई प्रति क्लब २ लाख रुपैयाँका दरले अनुदान रकम प्रदान गरियो । 


अनुदान रकम पाउने क्लवहरुमा सानो गौचरण युवा, समाज कल्याण खेलकुद केन्द्र, प्लानिङ्ग ब्वाइज युनाइटेड, स्वयम्भु, सामाजिक युवा, महावीर र मनोहरा एकीकृत युवा क्लब सि डिभिजनका फुटबल क्लव रहेका छन । 


यस अघि महानगरले गएको भदौ २५ गते हिजो सम्मानित भएको काठमाडौं जिल्लाका ६ वटा ए डिभिजन फुटबल क्लवको विकासका लागि जनही ९ लाख ३० हजार रुपैयाँका दरले सहयोग रकम प्रदान गरेको थियो ।


कार्यक्रमलाई उपप्रमुख हरिप्रभा खड्गी, महानगरका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले आफ्नो विचार राखेका थिए भने अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा्छिरिङ् शेर्पाले महानगरको नेतृत्वमा खुला ठाउँमा अभ्यास गर्न सकिने भनाई राखेका थिए । 


अनुदान रकम दिने सम्झौताबमोजिम महानगरले उपलब्ध गराएको रकम क्लवहरुले खेलकुद प्रयोजनका लागि मात्र प्रयोग गर्न पाउनेछन् । क्लवहरुले आयोजना तथा सञ्चालन गर्ने प्रतिस्पर्धामा प्रयोग हुने जर्सी, ट्र्याक, ट्राउजर, फुटबल व्यागजस्ता सामानमा महानगरको लोगो अङ्कित गर्नु पर्नेछ । महानगरको नीति र प्रचलित कानून विपरीत क्लवले काम गरे सम्झौता स्वतः खारेज हुनेछ ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex