काठमाडौं । एक महिना अघिदेखि काठमाडौंको सडकमा ईटालीबाट ल्याएको ब्रुम्रर चलिरहेको छ ।
सडकमा चलेको ब्रुमरले काठमाडौं महानगरको सडक कति सफा गरयो त भन्ने जिज्ञसामा महानगरको वातावरण विभाग प्रमुख हरि कुमार श्रेष्ठको भनाई यस्तो छ, ‘एकातिर पानी परिरहेको छ भने अर्का्तिर पानीका कारण हुने हिलो माटो यातायातका सधनसँग आउने हुँदा पनि समस्या भएको छ, सञ्चालनमा रहेका पाँच बु्रमरबाट अहिलेसम्मा दुई सय २० टन धुलो सङ्कलन गरिसकेको छ ।”
श्रेष्ठका अनुसार सडकका खाल्डाखुल्डी, भूकम्पका कारण भत्किएका पुननिर्माणका साम्रगीहरुको कारण, नियमति बर्षा भईरहेको कारण लक्ष्य अनुरुप सडक सफा गर्न सकिएको छैन ।
महानगरको सडकमा बु्रमर सञ्चालन भएको यही वैशाख २८ गते एक महीना पुग्दैछ । गत फागुन २८ गते इटालीबाट ल्याइएका बु्रमर सञ्चालनका लागि कामपाले पाँच वटा रुट निर्धारण गरेको छ ।
महानगरले रु १० करोड ८० लाखको लगानीमा ल्याइएका पाँच ब्रुमरमध्ये चार वटा १६ टन क्षमता र एउटा छ टन क्षमताको छ ।
दैनिक १० किलोमिटरसम्मको धुलो सङ्कलन गर्नसक्ने क्षमता रहेको सो बु्रमरमा अगाडि, बीचमा र पछाडि भागको दायाँबायाँ गरी प्लास्टिकका चार ब्रससहित धुलो तान्न सक्ने शक्तिशाली पाइप जडान गरिएका छन् ।
मुख्य सडक सुन्धारास्थित धरहरा, दरबार हाइस्कुल, रानीपोखरी, काठमाडौँ भ्यू टावर र बसपार्कमा विभिन्न स्थानबाट आएका सवारी साधनले ल्याएका हिलो माटोका कारण सफा गर्न समस्या भएको महानगर वातावरण विभागले जनाएको छ ।
स्थानीयवासीहरु सडक सफा नभएको गुनासो गरेका छन । कालिमाटी, बागबजार, पुतलीसडक, भद्रकाली बालाजुलगायतका स्थानमा धुलो कम नभएको स्थानीयवासीको गुनासो छ ।
Categorized in समाज