१२ भाद्र २०८३, शुक्रबार
Header

फोरम र नयाँ शक्ति विच सोमबार पार्टी एकता हुँदै


प्रकाशित: शनिवार, २१ बैशाख २०७६, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । संघीय समाजवादी फोरम र नयाँ शक्तिविच बैशाख २३ गते सोमबार पार्टी एकता हुने भएको छ । 


दुई पार्टी विच लामो समयदेखि चलेको पार्टी एकताको विषयमा शनिवार दुवै पार्टीका अध्यक्षद्धयले मूर्त रुप दिएको छ । 


फोरम अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पार्टी एकता पत्रमा हस्ताक्षर गरेपछि सहमतिको टुंगो लागेको हो । 


नयाँ शक्तिको पार्टी कार्यलय बबरमहलमा बसेको बैठकले सो निर्णय गरेपछि दुई पार्टीको एकताको प्रतिक्षा सकिएको छ । 


उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री समेत रहेका फोरम अध्यक्ष यादव र भट्टराई दुवै पार्टीका अध्यक्ष हुनेछन । 


संघीय परिषदको अध्यक्षता भट्टराईले गर्ने र केन्द्रीय समितिको अध्यक्षता यादवले गर्ने सहमति भएको हो । संघीय संसदमा नयाँ शक्तिबाट १ जना र फोरमबाट १६ जना सांसद रहेका छन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex