३ भाद्र २०८३, बुधबार
Header

नेवाः अनलाईनले दर्जन बढीलाई सम्मान गर्दै ५औं बार्षिकोत्सव मनायो


प्रकाशित: शनिवार, २१ बैशाख २०७६, ११ः०० बजे
- महानगरखवर

काठमाडौं । नेपाल भाषामा प्रकाशित हुने अनलाईनहरु मध्ये बढि पढिने नेवाः अनलाईनखवरडटकमले शुक्रवार आफ्नो ५औं बार्षिकोत्सव मनाएको छ । 


नेवाः अनलाईनको ५ औं बर्ष र नेवाः यूटयुवको एक सय दिन पुगेको अवसर पारेर शुक्रवार आयोजना गरेको कार्यक्रममा अनलाईनलाईनको विभिन्न विद्यामा सहयोग गर्ने दर्जन बढि सम्मानित भएका छन । 


सम्मानित हुनेहरुमा वरिष्ठ सिने पत्रकार तथा नेवाः अनलाईनका संरक्षक, नेवाः युटयुबका सदस्य विजयरत्न अंशवरे, नेवाः सुचना केन्द्रका राजेन्द्र रञ्जित, नेपाल भाषाका चर्चित नायक रुपेन्द्र श्रेष्ठ, नेवाः यूटवयुको परिकल्पानाकार उमेश स्थापित लगायत रहेका छन । 


सो अवसरमा सम्मानित नेवाः सुचना केन्द्रका राजेन्द्र रञ्जितलाई चेतना श्रेष्ठले १० हजार आर्थिक सहयोग प्रदान समेत गरेका थिए । 


त्यसैगरी सो कार्यक्रममा नेपाल भाषाका सर्ट भूमिमा अभियनय गर्ने कलाकार, निर्देशकहरुलाई पनि सम्मान गरिएको थियो । 


अनलाइनलाई निरन्तर विज्ञपान सहयोग गर्ने पुरु श्रेष्ठलाई कार्यक्रमका विशेष अतिथी मल्ल के सुन्दरले सम्मान पत्र सहित सम्मान गरेका थिए । 


कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी मल्ल के ले नेवाः अनलाईनले नेपाल भाषामा समाचार, लेख, विचार प्रकाशित गरी भाषाको महत्वलाई उजार गरेकोमा धन्यावद दिदै अनलाईनले अझै पनि पठनयोग्य समाचारहरु प्रकाशित गर्न नसकेकोमा सुधार गर्न सुझाव दिएका थिए । 


अनलाईनका प्रकाशक तथा सम्पादक सुजिब बज्राचार्यको सभापत्विमा आयोजित सो कार्यक्रममा सुनचाँदी व्यवसायी निरन्जनरत्न शाक्य, नेपाः पार्टीका अध्यक्ष बिजय सैजु, अनलाईनका संरक्षक विजयकृष्ण श्रेष्ठ लगायतको विशेष उपस्थिती रहेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex