३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

एक बर्षभित्रमा मेलम्ची ल्याउने आश्वसन !


प्रकाशित: शुक्रवार, २० बैशाख २०७६, २२ः०० बजे
- महानगरखवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले एक बर्ष भित्रैमा काठमाडौंमा ल्याउने आश्वासन दिएका छन । 


राष्ट्रपति भण्डारीले सरकारको नीति तथा कार्यक्रममा उपत्यकामा मेलम्ची खानेपानी आउने उल्लेख गरका छन । 


यस अघिका मन्त्रीहरुले कयौ पटक मेलम्ची आउने डेटलाईन तोक्दा सबै पंगु भएका थिए फेरि त्यही कुरा दोहोरिएको छ । 


काठमाडौंमा एक बर्षभित्रमा कुनै हालतमा पनि मेलम्चीको पानी आउने संभावना भने देखिएको छैन । सिएसी कम्पनी टाट पल्टेर भागेको अवस्थामा सरकारले खानेपानी अयोजना सक्रिय बनाउन कुनै ठोस काम गर्न नसकिएको बेला सरकारको यो डेटलाईनको कुनै अर्थ नभएको मन्त्रालयका अधिकारीहरुको दावी छ । 


मेलम्ची खानेपानी विकास समितिका अनुसार आयोजना ९६ प्रतिशत काम सकिएपनि थुप्रै सुरुङ निर्माण लगायत थुप्रै प्राविधक कार्यहरु बाकी छन ।  


पछिल्लो रिपोर्ट अनुसार मेलम्ची खानेपानी आयोजनाको काम सक्न तीव्र गतिमा काम गरे डेढ वर्ष लाग्छ । मेलम्ची आयोजना सम्पन्न गर्न अझै लागत ३ अर्ब र समय १ बर्षभन्दा बढी लाग्ने देखिएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex