३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

ललितपुरमा २ सय ३८ जना जेष्ठ नागरिकलाई सम्मान


प्रकाशित: शुक्रवार, २० बैशाख २०७६, २१ः०० बजे
- महानगरखवर

काठमाडौं । जेष्ठ नागरिकको सम्मानमा ललितपुर महानगरपालिका वडा नं. १६ आयोजना गरेको कार्यक्रममा २ सय ३८ जना जेष्ठ नागरिकहरु सम्मानित भएका छन । 


वडाका २ सय ३८ जना ज्येष्ठ नागरिकलाई शुक्रवार विशेष सम्मान गर्दै उनीहरुको योगदानको चर्चा गरिएको थियो ।


ललितपुरको बालिफ, पाटनढोकास्थित अशोक हलमा आयोजित सो सम्मान कार्यक्रमको नारा‘ ज्येष्ठ नागरिकको सम्मान, सभ्य समाजको स्वाभिमान’ भन्ने तय गरिएको थियो ।


नेवारी परम्परा अनुसार ७७ वर्षमा गरिने पहिलो ज्याजंकु, ८२ वर्षमा गरिने दोस्रो जंकु र ८८ वर्षमा गरिने तेस्रो जंकु सकिसकेका ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको कार्यक्रमका संयोजक एवं वडा सदस्य पञ्चबज्र बज्राचार्यले जानकारी दिनुभयो ।


सो अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले फुल माला, उपमहानगरपालिका – १६ का वडाअध्यक्ष निर्मलरत्न शाक्यले दोसल्ला ओढाई ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो ।


सम्मानित हुनेहरु मध्ये पुरुषतर्फ ९८ वर्षीय गणेश बहादुर शाक्य, तुलसी बहादुर श्रेष्ठ, र महिलातर्फ सय वर्षीया तुलसी माया श्रेष्ठ रहनुभएको छ । त्यसैगरी दोस्रो जंकु पुरा गरिसक्नुभएका ललितपुर महानगरपालिकाका पूर्व प्रमुख एवं पूर्वमन्त्री बुद्धिराज बज्राचार्य पनि सम्मानित हुनुभएको थियो ।


समारोह अवधिभको करिब ५ घण्टाको बसाईलाई ज्येष्ठ नागरिक मैत्री वातावरण बनाउन ज्ञानमाला भजन, धार्मिक पाठ,प्रवचन र अभिमुखीकरण गर्ने कार्यक्रम आयोजना गरिएको थियो । सो अवसरमा भिक्षु कौण्डन्यले शील सदाचारले बुढेशकालमा सुखप्रदायक हुने धारणा राख्नुभयो ।


अखिल नेपाल भिक्षुमहासंघका महासचिवका समेत रहनुभएका भिक्षुले आफूलाई प्राप्त भएकोमा सन्तुष्टि हुने, जीवनलाई अहोभावले हेर्नुपर्ने र हरेक विषयमा आसक्तिबाट हुने दुःखको बोध गरी ध्यान र ज्ञानको अभ्यास गर्दै जीवन शान्त, सुख र सक्रियता पूर्वक बिताउनुपर्नेमा जोड दिनुभयो ।


समारोहलाई ज्येष्ठ नागरिक मैत्री वातावरण बनाउन चर्चित गायक स्वयम्भुराज शाक्यले बुद्ध भजन, भाष्कर वर्ण महिला समूहले ज्ञानमाला भजन प्रस्तुत गरेका थिए । ज्येष्ठ नागरिकको आयु वृद्धि, स्वास्थ्य र सुख, शान्ति र मंगल कामना गर्र्दै नेपाल परम्प्रागत बौद्ध धर्म संघको तर्फबाट अपरमिता धारणी, भैषज्य धारणी, स्वस्ती वाचन र मंगलास्त्रोत पाठ गरिएको थियो ।


समारोहमा प्रा। बज्रराज शाक्यले ज्येष्ठ नागरिकलाई उत्प्रेरित गर्दै स्वस्थ, निरोगी भई सकारात्मक सोचका साथ सक्रिय जीवन जीउनुपर्ने बताउनुभयो ।


सो अवसरमा महानगरपालिका– १६ का वडाअध्यक्ष निर्मलरत्न शाक्यले ज्येष्ठ नागरिकको ज्ञान, सीपलाई कदर गदै जाने नीति अनुसार आगामी वर्षमा परम्परागत बाजागाजाका गुरुहरुलाई सम्मान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


सोही वडाले गत चैत्र १३ देखि २७ गतेसम्म आयोजना गरेको कला र संस्कृति महोत्सवमा वडाका ज्येष्ठ हस्तकला व्यवसायीहरुलाई सम्मान गरेको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex