१४ भाद्र २०८३, आइतबार
Header

विराटनगरमा पास दिन खुलेको भारतीय दूताबासको फिल्ड अफिस हट्ने


काठमाडौँ । नवगठित नेपाल कम्युनिष्ट पार्टी संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी ओलीले छिट्टै विराटनगरमा रहेको भारतीय फिल्ड अफिस हट्ने बताएका छन् ।


२०६५ भाद्र मा आएको बाढीले कोशी ब्यारेज भत्काएपछि नेपालका सवारी साधनले भारतीय भूमि प्रयोग गर्नुपर्ने अवस्था आएपछि पास दिन खुलेको भारतीय दूताबासको फिल्ड अफिस अझैसम्म हटेको छैन ।


शनिबार संसदीय दलको बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले १९५० को सन्धि परिवर्तन गर्न भरत सहमत भइसकेको समेत जानकारी दिएका थिए ।  

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex