३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

काठमाडौं महानगरको प्रमुख प्रशासकमा न्यौपानेद्धारा पदभार ग्रहण


प्रकाशित: सोमबार, १६ बैशाख २०७६, १३ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख प्रशासकीय अधिकृतमा सोमबार सरकार सचिव केदार न्यौपानेले पदाभार ग्रहण गरेका छन । 


प्रशासकीय प्रमुख न्यौपानेले केन्द्रीय राजधानीको गौरव बढाउन सार्वजनिक सेवा प्रदायकलाई समन्वय गरेर एकीकृत बिकास पद्धतिको स्थापना गर्नेमा आफ्नो मुख्य ध्यान रहने बताए ।


पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने ‘उपयुक्त व्यक्तिलाई क्षेत्रगत जिम्मेवारी दिने, असल अभ्यासको प्रवर्धन गर्ने, संस्थागत सिकाइलाई व्यवस्थित गर्ने काम मेरा प्राथमिकता हुन ।’ 


मन्त्रिपरिषदको बैशाख २ गतेको निर्णयले न्यौपानेलाई महानगरको प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा गर्ने निर्णय गरेका थिए । 


सो अवसरमा बोल्दै महानगरको प्रशासन विभागका प्रमुख ज्ञानेन्द्र कार्कीले महानगरको बिद्यमान अवस्थाका बिषयमा जानकारी गराएका थिए । 


यस अघि महानगरमा प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरकारका सचिव यादवप्रसाद कोइराला रहेका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex