३ भाद्र २०८३, बुधबार
Header

सेवाग्राहीसँग २५ हजार घुस लिने वडा अध्यक्ष पक्राउ


प्रकाशित: सोमबार, १६ बैशाख २०७६, १२ः०० बजे
- महानगरखवर

काठमाडौं । सप्तरीका एक वडा अध्यक्ष सेवाग्राहीसँग २५ हजार घुस लिने क्रममा पक्राउ परेका छन । 


अख्तियार दुरुपयोग अनुसन्धान आयोगका टोलीले सुरुङा नगरपालिका–५ का वडाध्यक्ष सिल्टु मियाँलाई सोमबार बिहान पक्रेको हो ।


आयोगका अनुसार वडा अध्यक्ष मियाँले मोही जग्गा सिफारिस गरिदिने नाममा सुरुङा–५, कुसहाका एक सेवाग्राहीसँग रु २५ हजार लिदैं गरेको पक्राउ गरेको हो । 


तत्कालीन नेकपा एमालेको तर्फबाट वडाध्यक्षमा निर्वाचित मियाँलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको अख्तियारले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex