५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

बागबजार सामुदायिकले सदस्यता वितरण गरयो


प्रकाशित: शनिबार, ५ जेठ २०७५, १२ः४५ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र बागबजारले शनिबार बिहान बागबजारस्थित सिटी म्याक्स हलमा एक औपचारिक कार्यक्रम गरी सदस्यता वितरण गरेको छ ।

 
पुर्व प्रहरी नायब उपरिक्षक गणेश बहादुर शाहको बिशेष आथित्यमा आयोजित सस्यता वितरण एंव सम्मान कार्यक्रममा करिब १ सय ५० भन्दा बढि सामुदायिक सदस्यहरुलाई सदस्यता वितरण गरिएको थियो ।

 
कार्यक्रमा बागबजार – २८ वडाका अध्यक्ष भाईराम खड्गी, सिंहदरबार प्रहरी बृतका प्रहरी निरिक्षक भोजप्रसाद पाण्डेय, विभिन्न संघ, संस्थाका प्रतिनिधिहरुलगायतले अथितिको आसन ग्रहण गरेका थिए ।


सो कार्यक्रमलाई सेवा केन्द्रका माहासचिव कमरुद्धिन मियाँले स्वागत गरेका थिए भने कार्यक्रमको अन्त्यमा कार्यक्रम सभापति एंव सामुदायिक सेवा केन्द्र बागबजारका अध्यक्ष विपेन्द्र खड्गीले उपस्थित सबैलाई विशेष धन्यवाद ज्ञापन गर्दे कार्यक्रम समापनको घोषणा गरेका थिए । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex