काठमाडौं । आर्थिक संकटमा परेको जेट एयरवेजका एक प्राविधिक कर्मचारीले आत्महत्या गरेका छन ।
प्रहरीका अनुसार जेट एयरवेजका प्राविधिक कर्मचारी ५३ वर्षीय शैलेष कुमार सिंहले उपचार खर्चको अभावमा आत्महत्या गरेको हो ।
पेटको क्यान्सरबाट पीडित शैलेषले गत मार्च महिनादेखि तलब नपाउँदा उपचारमा समस्या भएपछि उनले आत्महत्या गरेका हुन ।
उनले रोगले च्याप्दै लगेको बेला उपचार गर्ने खर्च नभएपछि शैलेष सिंहले घरको चार तला माथिबाट हाम फालेर आत्महत्या गरेका थिए ।
शुक्रबार उनले घरको चौथो तलाबाट हाम फालेर आत्महत्या गरेको भारतीय प्रहरीले जनाएको छ ।
Categorized in समाज