काठमाडौं । दाङको राजपुर गाउँपालिकामा दादुराको महामारी फैलिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कमल रोकाले बताएका छन ।
शाखा प्रमुख रेग्मीका अनुसार ५० भन्दा बढी बालबालिकामा दादुराको सङ्क्रमण फैलिएको छ ।
एक महीनाअघिदेखि शुरु भएको उक्त रोग न्यूनीकरण नभएपछि शनिबार विशेषज्ञ तथा गाउँपालिकाका अध्यक्ष लोकराज केसीलगायत सरोकारवालाको टोलीले छलफलपछि सङ्क्रमित क्षेत्रमा दादुराविरुद्ध खोप लगाउने चलाउने भएका छन ।
वैशाख १६, १७ र १८ गते वडा नं ३, ४ र ५ का विभिन्न वडामा बालबालिकालाई खोप लगाइने भएको छ भने १६ गते वडा नं ४ का दुई स्थानमा, १७ गते ४ का तीन स्थानमा, १८ गते ३ र ५ का दुई स्थानमा खोप लगाइने शाखा प्रमुख रेग्मीले बताए ।
उपचारका लागि विश्व स्वास्थ्य सङ्गठनका डा पवन उपाध्याय, परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका खोप अधिकृत डा भरत भण्डारी, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशवराज पण्डित, युनिसेफ भैरहवाका शिव सुवेदीलगायतको टोलीले तयारी गरिरहेको उहाँले बताउनुभयो ।
चिकित्सकका अनुसार अधिकांश बालवालिकाहरुले खोप नलगाएको कारणले यो रोग फैलिएको हो ।
Categorized in समाज