काठमाडौं । नेशनल क्यानेडियन फिल्म डेका अवसरमा नेपाल कल्चर फिल्म सेन्टरले राजधानीमा आयोजित एक कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुराएका व्यक्तित्वहरु सम्मानित भएका छन ।
नेपाली चलचित्र चलचित्र, संस्कृति, पत्रकारिता लगायतका क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गरि क्यानेडियन चलचित्र महोत्सव नेपालमा पनि मनाईएको छ ।
चलचित्र विकाश वोर्ड नेपालमा आयोजना गरिएको उक्त कार्यक्रममा वोर्डका अध्यक्ष केशव भट्टराईको प्रमुख आतिथ्यतामा सम्मपन्न भएको कार्यक्रममा वरिष्ठ व्यक्तित्वहरुमा वरिष्ठ अभिनेत्री वसुन्धरा भुषाल, राष्ट्रिय गीतका सर्जक व्याकुल माईला, चलचित्र निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठ, वरिष्ठ निर्देशक एवं केन्द्रिय चलचित्र जाँचपास मितिका सदस्य सुवास गजुरेल सम्मानित भएका थिए ।
त्यसैगरी चलचित्र निर्देशक माधव राज खरेल, सांस्कृतिक अभियन्ता उर्मिला डंगोल, शिक्षासेवी डा. राजेन्द्र के.सी., ठमेल पर्यटन परिषदका समिर गुरुङ, नेपाल चाईना कैलाश प्रवद्धन विकास केन्द्रका रिङ जिन नो बु, गोकर्णेश्वर नगरपालिकाका सल्लाहाकार दिपक रिसला लगायतका विभिन्न व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमका अवसरमा वरिष्ठ अभिनेत्री बसुन्धरा भुषाल, चलचित्र निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठ, संस्कृति विद्ध एवं राष्ट्रिय गानका रचयिता व्याकुल माईला, सांस्कृतिक अभियन्ता उर्मिला डंगोल, चलचित्र निर्देशक माधव राज खरेल, वरिष्ठ पत्रकार विजयरत्न तुलाधर, पत्रकार कमला जोशी, जीवन पराजुली, विनु श्रेष्ठ, पर्यटन एक्स्पर्ट पि. क. शेर्पा लगायतका विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।
क्यानडीयन फिल्मको १ सय वर्ष पुरा भएको अवसरमा क्यानडीयनहरुले समेत यस अवसरमा राष्ट्रिय चलचित्र दिवश भव्यताका साथ मनाईरहेका छन । कार्यक्रममा क्यानेडियन फिल्म माउडी का प्रदर्शनी समेत गरिएको थियो ।
Categorized in मनोरन्जन