३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

अस्पतालमा बालकको मृत्यु भएपछि अस्पताल तोडफोड


प्रकाशित: शनिवार, १४ बैशाख २०७६, १९ः३० बजे
- महानगरखवर

काठमाडौं । भरतपुरको चितवन मेडिकल कलेजमा चिकित्सको लापरवाहीले बालकको मृत्यु भएको भन्दै आफन्तले अस्पताल तोडफोड गरेका छन ।


गोरखा भुजेलका ९ बर्षिय बालकका रुप्सन घिमिरेको शुक्रवार उपचारको क्रममा निधन भएपछि बालक घिमिरेकोआफन्तहरु आन्दोलित भएका छन । 


बालका आफन्तले अस्पतालको मुल गेटमा तोडफोड गरेका थिए । अहिले स्थानीय प्रशासनले अस्पताल परिसरमा प्रहरी परिचालन गरेर सुरक्षा दिएको छ ।


मृतकका बाबु रुपेशका अनुसार वैशाख २ गतेसम्म छोराको अवस्था रामै थियो तर बच्चा अचानक विरामी भएको भन्दै भोलियन्टरामा राखिएको र पछि मृत्यु भएको भनेपछि उनका आफन्तहरु आन्दोलनमा उत्रेका हुन । 


उनकाअनुसार अस्पतालले ३ गते डिस्चार्ज गर्ने जानकारी दिएको थियो । उपचारमा डा. सन्तोष पाठक र डा।शान्ति रेग्मीको टिम खटिएको थियो । चितवन मेडिकल कलेजका निर्देशक डा. दयाराम लम्सालले ज्वरो र छातीको संक्रमण भएर आएका बालकको निमोनियाका कारण निधन भएको दाबी गरे । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex