काठमाडौं । काठमाडौं महानगरपालिकाले निजी विद्यालयको बढाएको शुल्क फिर्ता गरेको छ ।
मेयर विद्यासुन्दर शाक्यको अध्यक्षतामा बुधबार बसेको महानगर बैठकले शुल्क मूलय बृद्धिको खारेज गरेको जनाएको छ ।
महानगरपालिकाले गत चैत २६ गते निजी विद्यालयको शुल्क वृद्धि गरेको थियो ।
शुल्क बृद्धिको चौतर्फी विरोध भएपछि साबिककै शुल्कलाई निरन्तरतान दिने निर्णय गरेको कामपाले जनाएको छ ।
यसअघि महानगर शिक्षा समिति र निजी विद्यालय संगठन प्रतिनिधिहरूले करिब २७ प्रतिशत शुल्क बढाउने निर्णय गने अनुसार ‘क’ श्रेणी विद्यालयले १ देखि ५ कक्षा २ हजार ८ सय १२ रुपैयाँ शुल्क तोकिएको थियो ।
त्यसैगरी कक्षा ६ देखि ८ मा ३ हजार २ सय ५१ तथा कक्षा ९ र १० को शुल्क ४ हजार ३ सय ७३ रुपैयाँ कायम गरिएको थियो ।
उक्त शुल्क खारेजीपछि साबिक ‘क’ श्रेणीका विद्यालयले कक्षा १–५ मा २ हजार ३ सय ६३, कक्षा ५–८ ले २ हजार ७ सय तथा कक्षा ९ र १० मा ३ हजार ६ सय ७५रुपैयाँमात्र अशुल्न पाउने छन ।
Categorized in समाज