काठमाडौं । अमेरीकाको टेक्सास राज्यको एक स्कुलमा गोलाबरी भएको छ । बीबीसी हिन्दी अनलाईनका अनुसार सो गोलाबारीमा परि अहिलेसम्म ८ जनाको मृत्यु भएको छ ।
ह्यूस्टनबाट करिब ५० किलोमीटर टाढा सैंटा फीबाट अधिकारीरुले बताएको जानकारी अनुसार गोलाबारी गर्ने व्यक्ति पक्राउ परेको छ ।
यस अघि अमरीका को फ्लोरिडा राज्यमा पनि एक स्कूलमा एक बन्दुकधारीले १७ जना विद्यार्थी तथा कर्मचारिको हत्या गरेको थियो ।
Categorized in अन्तर्राष्ट्रिय