काठमाडौं । खुलामञ्चमा निर्माण भएको गैरकानुनी सटर भत्काउनु पर्ने काठमाडौं महानरपालिका २८ वडा अध्यक्ष भाईराम खड्गीले बताएका छन ।
अध्यक्ष खड्गीले ‘खुलामञ्च जहिले खुला’ हुनुपर्ने पर्ने भन्दै गैरकानुनी निर्माणको कडा शब्दमा विरोध गरेका छन ।
उनले भने, हाम्रो वडाको क्षेत्र अधिकारभित्र रहेको खुलामञ्चबारे वडालाई कुनै जानकारी नै नदिई रातारात ५४ वडा पसल कवल निर्माण गर्नु गैरकानुनी काम हो ।’
हानगर प्रवक्ता ईश्वरमान डंगोलका अनुसार सो क्षेत्रमा प्रतिपक्षालय, औषधी पसल, होटल र वाथरुमको लागि मात्र सटर निर्माणको लागि अनुमिति दिएको भन्ने भनाई आएको अध्यक्ष खड्गीले बताए ।
गैरकानुनी सटर महानगरले डोजर लगाएर भत्काउने आश्वसन महानगर प्रवक्ता डंगोलले दिएको उनले भने ।
वडा अध्यक्ष खड्गीले भने, यो ऐहिहासिक संरिक्षत थलो हो, यसलाई हाम्रो वडाले जो कसैलाई जथाभावी गर्न दिनेछैन । सटर नभत्काए जनताले सटर भत्काउने छ । ’
महानगर प्रमुख मेयर विद्यासुन्दर शाक्यलाई आफुले यस विषयमा जानकारी लिँदा महानगरले कुनै स्वीकृती दिएको छैन, कसले कसरी निर्माण गरेको हो विषयमा अध्ययन गर्ने जानकारी दिए ।
आज नागरिकस्तरबाट विहान १० बजे ‘खुला मञ्च खुला गरौं’ भन्ने नाराका साथ भव्य प्रर्दशन गरिने कार्यक्रम समेत रहेको छ ।
Categorized in समाज