काठमाडौं । धादिङको नौविसेलाई केन्द्र विन्दु बनाएर गएको भूकम्पले काठमाडौं हल्लाएको छ ।
बुधवार विहानै ६ बजेर २९ मिनेटमा भूकम्प जाँदा उपत्यकावासी त्रसित बनेका छन ।
भूकम्प मापन केन्द्रका अनुसार ५.२ रेक्टर स्केल भूकम्प गएको हो ।
फेरि अर्को सानो ४.२ रेक्टर स्कलेको भूकम्प पनि गएको मापन केन्द्रले जनाएको छ ।
बैशाख १२ गते नजिकै जाँदा भूकम्पको यो संकेतले मानिसहरु फेरि डराएका छन ।
Categorized in राष्ट्रिय