काठमाडौँ । पूर्वमन्त्री तथा नेपाली कांग्रेस नेता रामकृष्ण ताम्राकारको मंगलवार निधन भएको छ ।
बैशाख ३ गतेबाट अल्का अस्पताल भर्ना भएका नेता ताम्राकारको उपचारको निधन भएको नेपाली कांग्रेसले जनाएको छ ।
७५ बर्षीय नेता ताम्राकारलाई केही दिन अघि निमोनिया बढेपछि अस्पताल भर्ना गरिएको थियो ।
ताम्राकार पूर्व स्वास्थ्य र उद्योग, बाणिज्य तथा आपूर्ति रहेका थिए पार्टीको ११ औँ महाधिवेशनपछि कोषाध्यक्षको भूमिका निर्वाह गरेका थिए ।
भैरहवा सिद्धार्थनगर निवासी ताम्राकार काठमाडौँमा बस्दै आउनुभएको थियो ।
Categorized in समाज