काठमाडौं । पत्रकार जितेन्द्र महर्जन पक्राउको विरोध गर्दै नेवाः पत्रकार राष्ट्रिय दवूले एक प्रेस विज्ञप्ती जारी महर्जनलाई रिहा गर्न माग गरेको छ ।
पत्रकार दवूका सदस्य समेत रहेका महर्जनलाई सर्वोच्च अदालतले रिहा गर्ने आदेश दिए लगत्तै प्रशासनले नियन्त्रणमा लिएको प्रति दूवको ध्यानाकर्षण भएको जनाएको छ ।
पत्रकार महर्जनको पुनः पक्राउको दबूले घोर भत्र्सना र निन्दा गर्दै विज्ञप्तीमा भनिएको छ, ‘ प्रशासनबाट यस्ता किसिमका निन्दनीय व्यवहार देखिएकोमा संविधान प्रदत प्रेस स्वतन्त्रतामा प्रभावित गरेको ठहर गर्दै पत्रकार महर्जनलाई सिघ्र रिहा गर्न दबूले माग गर्दछ ।’
दबू अध्यक्ष श्रीकृष्ण महर्जनको हस्ताक्षरित सो विज्ञप्तीमा पत्रकारको निर्वाध रुपमा समाचार सम्प्रेशन गर्ने अधिकारलाई सम्मान गर्न यस नेवाः राष्ट्रिय पत्रकार दबूले जोडदार माग गरेको उल्लेख छ ।
महर्जनलाई पहिलो पल्ट २०७५ चैत्र २८ गते पक्राउ गरेको थियो ।
Categorized in समाज