काठमाडौं । ललितपुर महानगरपालिका भवन अभावका कारण समायोजन भएर आएका कर्मचारी व्यवस्था कठिन भएको महानगर प्रवक्ता राजु महर्जनले बताए ।
प्रवक्ता महर्जनका अनुसार महानगरपालिकाको क्षेत्रभित्र रहेका कुनै पनि विषयगत कार्यालयको भवन महानगर मातहतमा नआउँदा समस्या सिर्जना भएको हो ।
विषयगत कार्यालयबाट ५८ कर्मचारी समायोजन भएर महानगरपालिका कार्मचारी आएपनि पहिले नै झण्डै ३०० कर्मचारी रहेको प्रवक्ता महर्जनको भनाई छ ।
अहिले महानगरपालिकाको पुल्चोकस्थित मुख्य भवनबाहेक छ्याबहालस्थित समाज कल्याण भवन र पुल्चोकस्थित विपत व्यवस्थापन भवन गरेर तीन वटा भवन रहेका छन ।
प्रवक्ता महर्जनका अनुसार महानगरपालिकाका दश वटा वडामा कार्यालय भवन छैनन । तीमध्ये पाँचमा गत वर्षदेखि निर्माण शुरु भइसकेको छ ।
Categorized in समाज