काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ९ का जनप्रतिनिधिले आफ्नो क्षेत्रका जनताको घरदैलोमै पुगेर विकास योजना संकलन अभियान चलाएका छन ।
क्षेत्र नम्बर ९ का सांसद कृष्णगोपाल श्रेष्ठले जनतासँग चुनावमा गरिएको प्रतिवद्धता अनुसार जनतासँग छलफल गरेर विकासका योजना निर्माण गर्न जनताको घर दैलोमा आईपुगेको बताए ।
श्रेष्ठले तीनै तहका सरकारले गर्ने काम एक–आपसमा नबाझिउन र तीनओटै सरकारले गर्ने कामको प्रभावकारिता देखियोस भनेर यस्तो अभियान सञ्चालन गरेको बताए ।
त्यसैगरी क्षेत्र नम्बर ९ कै प्रदेश सांसद डा. अजय क्रान्ति शाक्यले जनतासँग गरिने छलफलबाट तयार हुने योजनाका आधारमा आफुहरु अघि बढ्ने बताउँदै अभियानसँगै योजना बैङ्क निर्माण गर्ने भनाई राखेका थिए ।
सो अभियानमा काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य उपस्थिती रहेको थियो । मेयर शाक्यले अभियानको सुरुवात काठमाडौं महानगरपालिकाको वडा नम्बर २२ बाट सुरु गरेको जनाए ।
पहिलो चरणमा महानगरपालिकाका २२, २१ र १२ र १४ मा दैनिक साँझ र विहान यो अभियान सञ्चालन हुने प्रमुख शाक्यले जानकारी दिए ।
Categorized in समाज