१२ भाद्र २०८३, शुक्रबार
Header

विप्लव माओवादीद्धारा सरकार विरुद्ध सशक्त प्रतिकार गर्ने चेतावनी


प्रकाशित: आईतबार, ८ बैशाख २०७६, १०ः२० बजे
- महानगरखवर

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ माओवादीलाई लगाएको प्रतिबन्ध फुकुवा नगरे सशक्त प्रतिकार गर्ने चेतावनी दिएको छ । 


शनिवार महासचिव विप्लव हस्ताक्षारित एक पे्रस विज्ञप्ती जारी गर्दै सरकारद्धारा लगाएको प्रतिबन्ध हटाउन माग गरेको छ । 


विज्ञप्तीमा प्रतिबन्ध नहटाए, पार्टी नेतारकार्यकर्ताको गिरफ्तारी नरोके, पार्टीमाथिको दमन नरोके सरकारविरुद्ध सशक्त प्रतिरोध गर्ने उल्लेख छ । 


गत शुक्रबार केन्द्रीय सदस्य चुडामणि ओली, चन्द्रबहादुर खड्का र विश्वलाई सरकारले फेरि गिरफ्तारी गरेको विरोध गर्दै पार्टीमाथिको दमनलाई रोकेन, प्रतिबन्ध हटाएन, गिरफ्तारी रोकेन भने हामी यसका विरुद्ध सशक्त प्रतिरोध गर्न बाध्य हुने चेतावनी दिएको छ ।  


सरकारले गत फागुन २८ गते विप्लव नेतृत्वको समूहका क्रियाकलापमाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि पार्टीका नेता, कार्यकर्ताहरुलाई नियन्त्रणमा लिन थालेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex