काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुटवलमा आयोजित एक कार्यक्रममा कालो झण्डा देखाईएको छ ।
बुटवलमा आयोजित बुटवल जितगढी उत्सव समारोहमा सहभागी हुनपुगेका प्रधानमन्त्रीलाई ओलीलाई कालो झण्डा देखाउने युवालाई प्रहरीले नियन्त्रणमा नलिएको देखेपछि सम्बोधनकै क्रममा प्रमले भने, प्रहरी के हेरेर बसेको ?’
प्रधानमन्त्रीको सुरक्षामा खटिएका सुरक्षाकर्मी सो युवालाई रोक्न सक्रिय नभएपछि प्रम ओलीले कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा भनेको सेतोपाटी डट कमले उल्लेख गरेको छ ।
बुटवल उपमहानगरपालिका वडा नं ११ मजुवामा बस्दै आएका रुद्रप्रसाद घिमिरेले राष्ट्रियता जिन्दावाद, मेरो देश प्राणभन्दा प्यारो छ , उजिर सिंह जिन्दावाद भन्दै आवेगमा कालोझण्डा प्रदर्शन गरेका थिए ।
घिमेरले स्वतन्त्र रुपमा आफुले सो विरोध गरेका प्रहरीलाई बताएका थिए ।
Categorized in समाज