४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

भारतबाट २८ जना बालकको उद्धार


प्रकाशित: शनिवार, ७ बैशाख २०७६, ०९ः३० बजे
- महानगरखवर

काठमाडौं । केन्द्रिय बाल कल्याण समितिले भारतबाट २८ जना बालकको उद्धार गरेको छ । 


समितिले महोत्तरी, धनुषा, सिरहा र सर्लाहीका २८ जना बालकलाई उद्धार गरिएको जनाएको छ । 


विभिन्न बहानामा भारत प्रवेश गराई रोजगारीका लागि चेन्नई लैजाँदै गरिएका ती बालकलाई भारतको बिहार राज्यको सीतामढी शहरको विभिन्न बाल आश्रममा रहेका अवस्थामा शुक्रबार समितिले उद्धार गरेको हो । 


महोत्तरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले ती बालक गत चैत १४ गते भारतको विहारस्थित सीतामढी नाका हुँदै चेन्नईमा रोजगारीका लागि लैजान लागिएका क्रममा भारतको सीतामढी प्रशासनले नियन्त्रणमा लिएका जनाएको छ । 


चेन्नईमा रोजगारीका लागि लैजाँदै गरेका महोत्तरीका १२, धनुषाका ११, सिराहाका तीन र सर्लाहीका दुई जना गरी कुल २८ जना बालकलाई भारतीय प्रशासनले नियन्त्रणमा लिएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex