२ भाद्र २०८३, मंगलबार
Header

ललितपुर महानगरमा नगर प्रहरीको संख्या जम्मा २०, कार्यसम्पादनमा असर


प्रकाशित: शुक्रवार, ६ बैशाख २०७६, १८ः३० बजे
- महानगरखवर

काठमाडौं । ललितपुर महानगरपालिकामा आवश्यकता अनुसार नगर प्रहरी नहुँदा कार्यसम्पदनमा असर परेको छ । 


नगर प्रहरी प्रमुख कदमलाल महर्जनले नगर प्रहरीलाई धेरै जिम्मेवारी दिएको तर संख्या कम भएकोले महानगरको काममा समस्या परेको बताएका छन । 


महानगरपालिकामा अहिले २० जना नगर प्रहरी कार्यरत मात्र कार्यरत छन जुन निकै कम भएको प्रमुख महर्जनको भनाई छ । 


यस अघि पहिलो नगर परिषद्ले नगर प्रहरीको दरबन्दी बढाएर ५० कायम गरेको थियो तर सो  निर्णय भएपनि कार्यान्वयन नहुँदा समस्या भएको उनले बताए । 


नगर प्रहरीको काम महानगरपालिका भवनको सुरक्षासँगै महानगरभित्रका सार्वजनिक सम्पत्तिको सुरक्षाको जिम्मेवारी हो । 


त्यसैगरी  नगर परिषद्को निर्णय कार्यान्वयन, बजार अनुगमन, फुटपाथ व्यवस्थापनलगायतको जिम्मेवारी नगर प्रहरीको भएको नगर प्रहरी प्रमुख महर्जनले बताए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex