काठमाडौं । पत्रकार आर्जुन गिरीविरुद्ध सरकारले साईबर क्राईम मुद्दा दर्ता गरेको विरोधमा आन्दोलनमा उत्रेका पत्रकारहरुले विहिवार देशभर जिल्ला प्रशासन कार्यलयमा धर्ना दिएका छन ।
पोखराका पत्रकार गिरीले अनलाईनमा एक ठगी समाचार लेखेकै भरमा पक्राउ गरी साइबर क्राइम मुद्दा दर्ता गराएपछि देशभरका पत्रकार आन्दोलित भएका छन ।
नेपाल पत्रकार महासंघ, जिल्ला शाखाको अगुवाइमा अहिले पत्रकारहरुले जिल्ला प्रशासन अगाडि उभिएर पत्रकार पक्राउको विरोधमा धर्ना दिइरहेका छन ।
बतास अर्गनाइजेसनका सञ्चालक सदस्य विपेन्द्रराज बतासले पत्रकार गिरीमाथि पेश गरेको साइबर अपराधको उजुरीका आधारमा उनलाई केन्द्रीय अनुसन्धान विभाग (सीईबी)ले पक्राउ गरेको हो ।
उनलाई साइबर अपराध सम्बन्धी मुद्दामा मंगलबार जिल्ला अदालत काठमाडौंले ३ दिन म्याद थप गरी थुनामा राख्ने आदेश दिएको छ ।
पोखराबाट प्रकाशन तथा प्रशारण हुने सबै पत्रिकाहरुमा सम्पादकीयमा कालो पोत्ने, रेडियो र टेलिभिजनमा विहान ६ बजे ९० सेकेन्ड प्रशारण बन्द गर्ने तथा अनलाइनहरुमा कालो ब्यानर राखेर विरोध सुरु गरेका छन ।
Categorized in राष्ट्रिय