काठमाडौं । सडक अलपत्र पार्ने ठेकदारलाई पक्राउ गर्न दिएको गृहमन्त्रालयको आदेश अनुसार अभियान सुरु भएको छ ।
प्रहरीले निर्माण व्यवसायी सुरेन्द्र बस्नेतलाई पृथ्वी राजमार्गको गगनगौंडा सडकखण्डमा १ हजार ४ सय मिटर सडक कालोपत्रे गर्न ढिलाइ गरेको भन्दै पक्राउ गरेको छ ।
उनलाई जिल्ला प्रहरी कार्यालय, कास्कीले नियन्त्रणमा लिएको हो ।
आर्थिक वर्ष ०७३/७४ को जेठमा असारभित्रै सकिने काम गत चैत्र सम्मको लागि थप समय लिदा पनि ५० प्रतिशत मात्र काम सकेपछि सडकमा गिटी छरेर सडक निर्माणमा ढिलाइ गरेपछि धुलो र दुर्घटना बढेको भन्दै स्थानीयले विरोध गरेका थिए ।
हाल उनलाई प्रहरीले समयमै काम सकिने भनी कागज गर्न लगाई छोडेको जनाएको छ ।
Categorized in समाज