काठमाडौं । नेपालले चीनसँग चलचित्रलाई चीन तथा बेल्ट एन्ड रोड इनिसिएटिभमा आबद्ध मुलुकसम्म प्रचारप्रसार गर्ने सम्झौता गरेको छ ।
नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केदारप्रसाद केपी पाठकले मंगलबार पैचिङमा पाँचबुँदे सम्झौता गरेका हुन ।
पैचिङ चाइनिज इन्टरप्राइज थिंक ट्यांक म्यानेजमेन्ट कम्पनी लिमिटेड (सीईटीटी) र नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानअन्तर्गत नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) बीच चीन तथा बेल्ट एन्ड रोडमा आबद्ध मुलुकबीच सीईटीटीले नेपाली चलचित्र उद्योग र निफको प्रचारप्रसार सहमति भएको छ । सीईटीटीका तर्फबाट बोर्ड अध्यक्ष ल्यु मङ छ्येनले हस्ताक्षर गरेकी छन् ।
चीन र नेपालबीच चलचित्र निर्माण गरी सांस्कृतिक आदानप्रदान गर्ने, छायांकन स्थलसम्बन्धमा प्रचार गर्ने र दुवै देशका चलचित्रकर्मीलाई आवश्यक सूचना सम्प्रेषण गर्ने, चलचित्रकर्मी तथा कलाकारबीच दीर्घकालीन सम्बन्ध तथा सहकार्यको स्थापना गर्ने सहमति भएको छ ।
साथै द्विपक्षीय भ्रमण तथा आदानप्रदान गर्ने, निफ २०२० महोत्सवमा एक खण्ड चिनियाँ चलचित्र मात्र प्रदर्शनको व्यवस्था गर्ने, स्कुल, कलेजलगायत काठमाडौं, पोखराजस्ता सहरहरूमा चिनियाँ चलचित्र प्रदर्शनको व्यवस्था गर्ने, त्यसैगरी चीनमा नेपाली चलचित्रमा चिनियाँ सबटाइटल्स राखी प्रदर्शन गर्ने साथै नेपाली चलचित्र उद्योग र निफलाई बेल्ट एन्ड रोड इनिसिएटिभमा आबद्ध मुलुकमा प्रचारप्रसार गर्ने सम्झौता भएका छन ।
नेपाली चलचित्रकर्मी पाठकले नेपालको चलचित्र उद्योगको इतिहास छोटो रहेको र वर्षमा दुई सयको हाराहारीमा चलचित्र बन्ने गरेको बताउँदै चीनसँगको आदानप्रदानबाट उद्योगको विकाससँगै दुई देश तथा जनतालाई अझै घनिष्ट बनाउने विचार राखेका छन् ।
यसअघि युननान चलचित्र तथा टेलिभिजन उद्योग प्रवद्र्धन संघ र नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानबीच रणनैतिक सहकार्य सम्झौतामा हस्ताक्षर भएको थियो । युननानको तर्फबाट अध्यक्ष फङ योङ र नेपालको तर्फबाट प्रतिष्ठानका अध्यक्ष पाठकले हस्ताक्षर गरे । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) साङहाई अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको मातहतमा रहेको बेल्ट एन्ड रोड फिल्म फेस्टिभल एलायन्समा पनि आबद्ध छ ।
नवौं पैचिङ अन्तर्राष्ट्रिय फिल्म महोत्सव शनिबारबाट सुरु भएको छ । महोत्सवमा अन्तर्राष्ट्रिय चलचित्र प्रदर्शनसँगै चलचित्र गोष्ठी र थ्येनथान पुरस्कार प्रदान गर्ने कार्यक्रम छ ।
अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच सुलह भएपछि नेपाल कम्युनिष्ट पार्टीको सांगठनिक एकता प्रक्रिया अगाडि बढेको छ ।
Categorized in मनोरन्जन